राजनीति

एमसीसीको पक्षमा सहमति जुटाउन काँग्रेसको दौडधुप, एमालेको साथ पाउने अपेक्षा


काठमाडौँ – संसद्मा टेबल भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीसँगको सम्झौता अनुमोदनका लागि बहुमत पु¥याउने गृहकार्यमा जुट्नु भएको छ ।

गठबन्धन दलका सांसद र विपक्षी दललाई फकाउने रणनीतिमा देउवा जुट्नुभएको हो । विवाद र विरोधका बीच आइतबार एमसीसी सम्झौता संसदीय प्रक्रियामा अघि बढेको छ । सत्ता गठबन्धनका मुख्य दल माओवादी र एकीकृत समाजवादीले विपक्षमा मतदान गरेमा अनुमोदन गर्न कठिन हुने भन्दै प्रधानमन्त्री संसदीय अंकगणितको जोड–घटाउमा लाग्नुभएको नेताहरुले बताएका छन् ।

पक्षमा नखुले पनि संसद्को ठूलो दल एमालेले विपक्षमा मतदान नगर्ने प्रधानमन्त्रीको बुझाइ छ । एमालेले मतदान प्रक्रिया बहिष्कार गर्ने अनुमान देउवाको छ ।