राजनीति

उपराष्ट्रपति पुनले भने – एमसीसी राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्छ


काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौताको सम्बन्धमा राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनु पर्ने बताउनुभएको छ ।

उपराष्ट्रपति पुनले ‘एमसीसी’ शब्द उच्चारण नगरी यसमा राष्ट्रिय सहमतिआवश्यक रहेको धारणा राख्नुभएको हो । उहाँले देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयहरुमा मतभिन्नता प्रकट भइरहेको भन्दै दुरगामी महत्वको विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुने बताउनुभयो ।

उपराष्ट्रपति पुनले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिनुभयो ।