राजनीति

एमसिसीको विपक्षमा मतदान गर्ने समाजवादीको निर्णय


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीले अमेरिकी सहयोग परियोजना एमसिसीको विपक्षमा उभिने निर्णय गरेको छ । सोमबार बसेको समाजवादीको सचिवालय बैठकले एमसिसीको विपक्षमा मतदान गर्ने र अरु दललाई पनि विपक्षमा उभिन वातावरण तयार पार्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो, ‘एमसिसीमा हाम्रो अडान यथावत् छ। हिजो सरकारले संसदमा पेश गरेको एमसिसीको विपक्षमा मतदान गर्ने र वातावरण तय गर्न पहल गर्ने निर्णय गरेका छौँ।’

एमसिसी पास गर्ने शर्तमा सरकारमा नगएको उहाँले प्रष्ट पार्नुभयो ।