राजनीति

एमसीसीकै कारण हाम्रो गठबन्धन टुट्दैन : प्रचण्ड


काठमाडौँ – सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन नटुट्ने बताउनु भएको छ ।

सोमबार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुग्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो । उहाँले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दिनुभयो ।

बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि प्रचण्डले बताउनु भयो ।

काँग्रेस वरिष्ठ नेता पौडेलले सोमबार नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्नुभएको थियो ।