राजनीति

गठबन्धनले आफ्ना कार्यकर्ता उचालेर प्रहरीमाथि आक्रमण गर्‍यो : केपी ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैंले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि लाठी चार्ज गराएको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले प्रहरीमाथि प्रर्दशनकारीहरुले ढुंगा प्रहार गर्दा पनि, बाटो भत्काउँदा पनि केही नगर्न प्रहरीलाई किन आदेश दिएको भनेर गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न समेत गर्नु भयो । आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले आफूले त्यस सम्बन्धमा गृहमन्त्री खाँणसँग फोन संवाद गरेको उल्लेख गर्दै सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाएर दोहोरो चरित्र देखाएको बताउनु भयो ।

अध्यक्ष ओलीले आन्दोलनको नाममा सडकमा इँटा हान्ने, तोडफोड गर्ने तर केही पनि नगर्नु भनेर सत्तारुढ दलहरुले नै आदेश दिएको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

अध्यक्ष ओलीले काजी कालु पाँडेजस्ता पूर्वजहरुले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनीहरुको बुद्धि विश्लेषण, बहादुरी र वीरताको सदा सम्मान गर्ने बताउनु भयो ।।