राजनीति

कांग्रेस नेता पौडेल र जसपा अध्यक्ष यादवबीच भेटवार्ता, के भयो कुराकानी ?


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले सोमबार सिंहदरवारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गर्नुभएको हो । भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी गरेको उहाँले बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले एमसीसी सम्झौता संसदमा पेश भइसकेको सन्दर्भमा यसको निकासका लागि नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का नेताहरुसँग पनि कुरा गर्ने बताउनुभयो ।

एमसीसी सम्झौताको विषय अब सडकबाट नभई संसदमा छलफल हुने उहाँले बताउनुभयो ।