राजनीति

जसपाले बोलायो फागुन १३ गते कार्यकारिणी समितिको बैठक


काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । यादवका प्रेस संयोजक महेश चौरसियाका अनुसार फागुन १३ गते बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाइएको छ ।

३५ सदस्यीय कार्यकारिणी समितिको बैठकमा समयसामयिक राजनीति, संसदमा टेबल भएको एमसिसी, पार्टीभित्रको विवाद र सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनबारे छलफल हुने बताइएको छ ।

माघमा भएको राष्ट्रिय सभा चुनावपछि जसपामा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीच विवाद बढेको छ।