राजनीति

कुनै पनि बेला सरकारबाट बाहिरिन सक्छौं : देवप्रसाद गुरूङ


काठमाडौँ – नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले आफ्नो पार्टी कुनै पनि बेला सरकारबाट बाहिरिन सक्ने बताउनुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरूङले यस्तो बताउनुभएको हो । ‘सरकारबाट हट्नुपर्छ भन्ने पार्टीले नीतिगत रुपमा निर्णय गरिसकेको विषय हो,’ उहाँले भन्नुभयो ,‘कुन दिन हट्ने भन्ने कुरा हो । यसका विषयमा पार्टीले छिट्टै निर्णय गर्छ ।’

उहाँले यथास्थितिमा एमसीसी पास गर्न खोजिए सरकारबाट बाहिरिने निर्णय भइसकेकाले चाँडै नै यसको निर्णयमा पुगिने बताउनुभयो ।