राजनीति

राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजाराम बर्तौलाले दिए राजीनामा


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य राजाराम बर्तौलाले राजीनामा दिएका छन् । सोमबार हेटौंडा पुगेर नेता बर्तौलाले एक विज्ञप्ति जारी गर्दै आफूले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको बताएका हुन् ।

कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि थापा उपप्रधानमन्त्री रहँदासमेत स्वकीय सचिव रहेका बर्तौलाले पनि राप्रपा छाडेका हुन् ।

पार्टीको महाधिवेशनपश्चात बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रममा भएको निर्मल निवासको हस्तक्षेप बारे छानबिन नगरेको, पार्टीभित्र सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै उनले पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजिनामा दिएको बताएका छन्