राजनीति

एमसीसीमा सहमति खोज्न एकीकृत समाजवादीको सचिवालय बैठक जारी


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यलयमा केहिबेर अघि बैठक सुरु भएको हो । पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठका अनुसार बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल भइसकेपछिको परिस्थितिबारे छलफल हुंदैछ ।

एकीकृत समाजवादीभित्र एमसीसीलाई समर्थन गर्ने नगर्नेबारे विवाद चर्केको छ । अध्यक्ष माधवकुमार नेपाल एमसीसीको पक्षमा छन् भने सम्मानित नेता झलनाथ खनालले टेबुल भएकोमा विरोध जनाउँदै आउनुभएको छ ।