राजनीति

नेकपा एमालेले पार्टीका केन्द्रीय विभागलाई चाँडै पूर्णता दिने


काठमाडौँ – नेकपा एमालेले पार्टीका केन्द्रीय विभागलाई चाँडै पूर्णता दिने भएको छ ।

सोमबार बसेको विभाग प्रमुखहरूको बैठकमा एक साता भित्र विभागलाई पूर्णता दिने सहमति भएको एमालेले जनाएको छ । महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राख्नुभएको थियो ।

महासचिव पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझावहरू दिन र आ–आफ्नो क्षेत्रका कामअघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभयो ।