राजनीति

सडक र सदनमा विरोधका बीच एमसीसी पास हुन्छ,ओलीकै कारण यो गठबन्धन फुट्छ


काठमाडौँ – एमसीसी परियोजनालाई लिएर लिएर गठबन्धन आजै फुट्छ, भोलि नै फुट्छ, विपरित धुव्रहरु कसरी मिल्छन् ? सिद्धान्तहिन गठबन्धन अब टिक्दैन जस्ता विषय केही दिन निकै चर्चामा रहे ।

तर प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाआभियोग लगाउँन एक ठाउँमा उभिएका दल देखिदा र प्रक्रियागत ढङ्गमा फरक मतका साथ प्रस्तुत भएका दलहरुले एमसीसी टेबल गरेसँगै गठबन्धनको फुट तत्काललाई लागि टरेको छ ।

३२ महिनादेखि देशको राजनीति डो्रयाएको एमसीसीले आइतवार भने सदन र सडकमा उत्कर्षकै रुप लियो । एमसीसीकै कारण नेताहरु विभिाजित बने, दलहरु विभाजित बने, कोहीले दल छोडे, कोही अलग्गिने तयारीमा देखिन्छन । त्यो भन्दा आक्रमक र असन्तुष्टि त जनतामाझ मात्रै नभएर गठबन्धन भित्रकै दलहरुमा पनि देखियो ।

सकसपूर्ण ढङ्गबाट गठबन्धनले पेश गरेको एमसीसी सदनमा टेबल भइरहँदा जहाँ हो—हल्ला भइरह्यो बने बानेश्वर क्षेत्रमा गोलि नै चल्न पुग्यो ।