राजनीति

पार्टीभित्र एमसीसी विवाद चुलिएपछि एकीकृत समाजवादीले बोलायो बैठक


काठमाडौँ – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । पार्टीभित्र एमसीसीबारे विवाद चुलिएपछि आज दिउँसको १ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकले एमसीसीका विषयमा पार्टीको स्प्रष्ट धारणा तय गर्ने छ । यसअघि शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसद्मा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो ।

तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए । उनले आइतबारको संसद् बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए ।