विदेश

युक्रेन संकटका विषयमा शिखर सम्मेलन गर्न अमेरिका र रुस सहमत


काठमाडौँ – युक्रेन संकटका विषयमा शिखर सम्मेलन गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सैद्धान्तिक रुपमा सहमत भएका छन् । फ्रान्सले राखेको शिखर सम्मेलनको प्रस्तावमा दुई नेता सहमत भएको ह्वाइट हाउसले जनाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेका बेला समग्र शान्ति व्यवस्थाबारे शिखर सम्मेलनमा छलफल हुने भएको छ । अमेरिकी गुप्तचर निकायहरुले रुस युक्रेनमाथि आक्रमणको अन्तिम तयारीमा रहेको निष्कर्ष निकालिरहेका बेला शिखर सम्मेलनका लागि दुवै नेता सहमत भएका हुन्।

फ्रान्सेली राष्ट्रपति एम्यानुएल म्याक्रो र पुटिनबीच दुई पटक गरेर तीन घण्टा फोनवार्ता भएको छ । रुसी राष्ट्रपतिसँग कुरा गरेपछि म्याक्रोले अमेरिकी राष्ट्रपति बाइडेनसँग फोन वार्ता गरेका थिए ।