राजनीति

तनावग्रस्त बानेश्वर क्षेत्र शान्त


काठमाडौँ – आइतबार तनावग्रस्त बनेको राजधानीको नयाँ बानेश्व क्षेत्र आज भने शान्त भएको छ ।

एमसीसीको विरोधमा उत्रिएका सत्ता गठबन्धनकै कार्यकर्तालगायतका अन्य जनताले प्रदर्शन गर्दा अशान्त बनेको सो क्षेत्रमा आज भने सामान्य रुपमा नै सवारी साधनको आवत जावत भइरहेको छ ।

अहिलेसम्म नयाँ बानेश्वर क्षेत्रमा कुनै पनि अप्रिय घटना वा गतिविधिबारे जानकारी नआएको प्रहरीले जनाएको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरु नै एमसीसी पेस गरेको विरोधमा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारी उग्र बन्दा र प्रहरीले पनि बल प्रयोग गर्दा हिजो संसद् भवन अगाडिको सडक तनावग्रस्त बनेको थियो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास पानीको फोहोरा रबरको गोली प्रहार गरेको थियो ।