राजनीति

सरकार जे हुन्छ हुन्छ, एमसीसी पास गर्ने विषयमा हाम्रो समर्थन रहदैन: अध्यक्ष नेपाल


काठमाडौँ– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहेको बताएका छन् ।

संसद् बैठकपछि उनले सञ्चारकर्मीसँग सरकारले जेसुकै भएपनि एमसीसी पास गर्न विषयमा आफूहरूको समर्थन नरहने बताए । एमसीसी टेबल गर्दा सत्तारुढ सांसदहरुले विरोध जनाएका थिए । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभामा टेबल भएको छ ।