राजनीति

एमसीसी टेबल गर्ने विषयमा माओवादीको लिखित असहमति (पत्रसहित)


काठमाडौँ – आज बस्ने प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा नेकपा माओवादी केन्द्रले अहसमति जनाएको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी संसद्मा टेबल गर्ने सहमति भएको छ । उक्त निर्णयप्रति असहमति जनाउँदै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र सांसदहरू जयपुरी घर्ती र रेखा शर्माले असहमति पत्र पेस गरेका हुन् ।

यसअघि आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सामेल भएको गठबन्धनक बैठकले एमसीसी टेबल गर्ने भनेर सहमति जनाएका थिए ।

पत्रमा उनीहरूले एमसीसी सम्झौता राष्ट्रिय सहमतिमा अघि बढाउनुपर्ने, कतिपय बुँदा संशोधन गर्नुपर्ने तथा संसद् सुचारु हुनुपर्ने माग राखेका छन् ।

पत्र हेर्नुहोस्: