राजनीति

अमेरिकी वक्तव्य झुठो, नारायणकाजीले खुलाए सत्य


काठमाडौ – अमेरिकी दूतावासले निकालेको वक्तव्य झुठो भएको नेकपा माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठले बताएका छन् । एमसीसी कम्प्याक्ट सम्झौताबारे दूतावासले निकालेको वक्तव्य नेपाली जनतालाई छलछाम र धोखा दिन मात्र निकालेको आरोप लगाएका हुन् ।

अमेरिकाले निकालेका वत्तव्य र हाल उसले नेपालमा गरिरहेको व्यवहार कहीँ कतै नमिलेका उनको भनाई छ ।

दूतावसले निकालेको एमसीसी बारे सार्वभौम मुलुकका रुपमा नेपालले नै निर्णय गर्ने हो भनेर जारी गरिएको विज्ञप्तिलाई नेपालका मूलधार पत्रिकाले महत्वका साथ छापेको भन्दै नारायणकाजी आक्रोशित बनेका छन् । अमेरिकाले निकालेका वत्तव्य र हाल उसले नेपालमा गरिरहेको व्यवहार कहीँ कतै नमिलेका उनको भनाई छ ।

उनले सामाजिक सञ्जाल फेशबुकमा यसको उल्लेख गर्दै नेपालको आन्तरिक राजनीतिको मामलामा अमेरिकाले गरेको व्यवहारको उल्लेख गरेका छन् ।


श्रेष्ठले आफ्नो फेशबुकमा यस्तो लेखेका छन् ।

नेपाल स्थित अमेरिकी दूतावासले एमसिसि कम्प्याक्ट सँझौताका बारेमा एउटा सार्वभौम मुलुकका रुपमा नेपालले नै निर्णय गर्ने हो भनेर बक्तब्य निकालेको “जानकारी “नेपालका मुलधार भनिने पत्रिकाहरुले आज उच्च महत्वकासाथ प्रकाशित गरेका छन् ।तर निम्न तथ्यहरुले अमेरिकी बक्तब्य छलछाम र धोखा मात्र हो भन्ने स्पष्ट गर्दछ :

एक, अमेरिकी राजदुतले एमसिसि कम्प्याक्ट सम्झौता नेपालले पारित गरेन भने अमेरिकाले नेपाललाई आर्थिक नाकाबन्दी लगाउनेछ भनेर नेपालको एक प्रमुख राजनीतिक दलका नेतालाई उनकै निवासमा गएर भनेका थिए ।

दुई,आमेरिकी राजदुतले भेटेर र सहायक मन्त्रीले फोनबाट नेपाली नेताहरुलाई यो सम्झौता स्विकार गरिएन भने चीनका कारणबाट यस्तो निर्णय भएको भन्ने रुपमा लिन्छौ भनेका थिए।

तीन , अमेरिकी उपमन्त्री ले भारतीय पत्रिका मार्फत अन्तर्वार्ता सार्बजनिक गरेर नेपालले एमसिसि सम्झौता अस्विकार गरेमा नेपाल र आमेरिका बीचको सम्बन्धमा पुनर्बिचार गरिनेछ भनेका थिए ।

चार , नेपालका एक प्रमुख दलका नेता सँगको भिडिओ वार्तामा वाशिङ्टनबाट एमसिसि अमेरिकाका प्रमुख कार्यकारी अधिकृत र फतिमा सुमार सहितको चार जनाको टोलीले एमसिसि कम्प्याक्ट पारित नगरिए यसलाई अमेरिकाले गम्भीर रुपमा लिनेछ भनेका थिए ।

यसरी अमेरिकाले एमसिसि कम्प्याक्ट पारित गर्न नेपाललाई निरन्तर चेतावनी र धम्की दिदै आएको स्पष्ट छ। अमेरिकी दुतावासको झुठो बक्तब्यलाई उच्च महत्वकासाथ प्रकाशित गर्ने मित्रहरुले यी तथ्यहरु सहित बास्तबिक सत्यलाई प्रकाशित गर्नुहोला ?