राजनीति

कहाँ टेबल गर्छन् अरे,भान्छाघरमा ?: झलानथ खनाल


काठमाडौँ – आजको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्ने सत्ता गठबन्धनको निर्णयप्रति नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आपत्ति जनाएका छन् । उनले यथास्थितिमा एमसीसी टेबल गर्न नहुने बताए ।

खनालले हाल संसद्मा अवरोध भईरहेको र राष्ट्रियताको सवाल भएको हुँदा खनालले असहमति जनाएका हुन् । पार्टीमा टेबल गर्ने कुनै सहमति नभएको र त्यस्तो खालको सहमति भए स्वीकार्य नहुने बताए । हालको स्थितिमा नै टेबल गर्छु भन्नु राष्ट्र र जनतामाथि घात हुने प्रतिक्रिया दिए ।

खनालले भने ‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ? संसद त चल्दैन कहाँबाट टेबल हुन्छ ?’ उनले भने, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन । हामी त्यसमा सहमत छैनौं । यस्ता खालका सहमतिहरु न संसदमा लानुपर्ने आवश्यक छ, न संसद खुल्ला छ ? यस्तो बेला टेबल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात हो ।’