राजनीति

एमसीसी टेबल गर्न दिनेमा माओवादी पनि सहमत


काठमाडौँ – नेकपा माओवादी केन्द्रमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल गर्न सहमति जुटेको छ । आज प्रतिनिधि सभाको बैठकमा एमसीसीलाई टेबल गर्न सत्तासाझेदार दल माओवादी केन्द्रका नेताहरुबीच सहमति जुटेको हो ।

माओवादी केन्द्रका एक नेताका अनुसार हाललाई गठबन्धन जोगाउन टेबल गर्न दिने तर, पक्षमा भने मतदान नगर्ने सहमति भएको जानकारी दिए ।

अहिले बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुने नेताहरू बताउँछन ।

सत्ता गठबन्धनकै अर्को दल एकीकृत समाजवादीले पनि शुक्रबार एसमसीसी टेबल गर्न दिने र यथास्थितिमा पारित हुन नहुने निर्णय गरको थियो ।