राजनीति

न्याय सेवा आयोगको बैठक बस्दै


काठमाडौँ – न्याय सेवा आयोगको बैठक आज बस्दै छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आयोगको बैठक बोलाउनुभएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा विवादमा फस्दै गएपछि गत असोजदेखि आयोगको औपचारिक बैठक बसेर कुनै निर्णय हुन सकेको छैन । तर, कागजी प्रक्रिया पु¥याएर प्रधानन्यायाधीश राणाकोमा प्रस्ताव पठाई केही निर्णय भने भएका थिए ।

आजको बैठकको प्रस्तावमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवा लगायतका विषय रहेको बताइएको छ ।

न्याय सेवा आयोगमा प्रधानन्यायाधीश सहित कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोक सेवा आयोगका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।