राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै, कार्यव्यवस्था परामर्श समितिले कार्यसूची तय गर्ने


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले लगातार अवरोध गर्दै आएको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय उल्लेख छैन ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७÷७८ प्रतिनिधि सभामा पेश गर्ने उल्लेख छ । एमालेको १६६ दिनयता अवरोध जारी राख्दा प्रतिनिधि सभाको बैठक औपचारिकतामा सीमित हुँदै आएको छ ।