राजनीति

गठबन्धन भाड्न ओलीको अन्तिम कसरत


काठमाडौँ – सरकारबाट बाहिरएको आधा वर्ष बितिसक्दा समेत एमाले अध्यक्ष केपी शर्मा ओलीको छटपटी मरेको छैन । परमादेशी भन्दै उपद्रो मच्चाउने अनि सहकार्यका लागि अनेक अस्त्र फ्याँक्ने ओलीको कित्तामा अब प्रधानमन्त्री शेरबहादुर देउवासमेत सामेल छन् । उनीहरुको सहकार्यमा नैतिक प्रश्नको भने चाङ नै थुपारिएको छ ।

एकले अर्काेलाई पछार्नकै लागि गठबन्धन गर्न माहिर नेपालका राजनीतिक दलहरु निदाउँदा एउटा कित्तामा हुन्छन् भने उठ्दा अर्कै कित्तामा पुगिसकेका हुन्छन् । दलहरुको पुरानै बानीको जगजगी अहिले पनि उत्तिकै छ ।

अहिले पाँच दलीय मोर्चाको गठबन्धन टुट्ने र नयाँ समीकरणसहित गठबन्धन बन्ने व्यापक चर्चा छ । र गठबन्धन भत्काएर बलसाली बन्न प्रमुख प्रतिपक्षमा कित्तामा थन्किएको नेकपा एमाले जोरजुलमका साथ लागेकोे छ । झनै प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा समीकरणको प्रस्तावसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आर्शीवाद थाप्ने शैलीमै बालकोट छिरेपछि शंका यर्थाथ नजिक छ ।

जसले झनै हौसिएका एमाले अध्यक्ष ओली ‘पानी मुनिबाट निकालेर भएपनि गठबन्धन फुटाएरै छोड्ने’ अठोट देखाइरहेका छन् । पाँच दलीय गठबन्धनको अघि निरीह बनेर प्रधानमन्त्रीबाट बहिर्गमित भएका ओलीले देउवा नेतृत्वको सरकारलाई परमादेशी भन्दै आएका छन् । अनि देउवासहितको मोर्चाले ओलीलाई अहिले पनि संविधान मास्ने खलपात्र र प्रतिगमनकारीका रुपमा अथ्र्याउदै आएको छ ।

तर समयले जसरी प्रमुख प्रतिपक्षबाट उठाएर सरकार सम्हाल्न देउवालाई पु¥याएको थियो त्यसैगरि अहिले ओलीसँग मिल्नै पर्ने बाध्यता नजिक पु¥याएको छ । किनकि प्रधानमन्त्री देउवाको पहिलो रोजाईमा परेको एमसीसी गठबन्धनका अन्य दलको प्राथमिकता समेत नबनेपछि ओलीसँग ‘पाउ ढोगाएर मिल्ने कि शिर चढाएर मिल्ने’?मिल्न चाहिँ मिल्नै पर्ने दबाबमा देउवा देखिन्छन् ।

गठबन्धनसँग सबै विकल्प तुहिएपछि मध्यरात हुनै लाग्दा प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवासहित बालकोट पुगिसक्दा समेत दलहरु अझै गठबन्धन कायम रहने आशाको त्यान्द्रो विछ्याइरहेका छन् । जबकि यसअघि आफु निकटस्थलाई पठाएर गरिएका अनेक अस्त्रहरु फेल भएपछि देउवा स्वंयम् ओली केन्द्रीत बनेका हुन् ।

यसले तत्क्षण एमसीसीमा एकमत नभए गठबन्धनको आयु टुङ्गिने भविष्यको आँकलन गर्न मुस्किल पर्दैन । देउवा र ओलीबीच सहकार्यको चर्चा चलिरहेका बेला प्रचण्डसमेत बालकोटमाथि केन्द्रीत बनेको राजनीतिक वृत्तमा चर्चा छ । आफु नै नपुगेपनि निकटस्थलाई पठाएर ओलीप्रति लचिलो बन्न तयार रहेको सन्देश प्रचण्डले बालकोट पु¥याइरहेका छन् ।

यसले फेरि कम्युनिष्टहरु बीचकै सहकार्यलाई बल पु¥याउने विश्लेषण गरिएका छन् । तर व्यवस्था नै सिध्याउन लागिपरेको आरोपसहित ओलीमाथि आगो ओकलिरहेका प्रचण्ड र अस्तित्व नै स्वीकार नगरेका माधवसँगको मोर्चामा उभिन ओलीलाई कम्ता सकस देखिदैन ।

विगतदेखि नै एकअर्काविरुद्ध उग्र बनिरहेका प्रचण्ड र ओलीबीच गत निर्वाचनमा बाम तालमेल भएको थियो । त्यसअघि नै प्रचण्डले काँग्रेसको चारतारे झण्डसँग हसियाँ हथौडा सिलाएका थिए ।

काँग्रेसीहरु पनि हसियाँहथौडामै भोट हाल्न तयार भएको धेरै बर्ष वितेको छैन । फलतः स्वार्थ मिले जोसँग पनि सहकार्य गर्ने दलीय चरित्रले राजनीतिलाई लाजनीतिकै हालतमा बेहाल पर्नेभन्दा अर्काे काम गरेको छैन ।