काठमाडौँ — गायक तथा समाजसेवी जसपाका प्रदेश सदस्य गोम्बु शेर्पाद्वारा लिखित आत्मवृतान्त पुस्तक ‘फर्किएका पाइला’ विमोचन गरिएको छ । आज काठमाडौँमा एक कार्यक्रमको बीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भाट्राईको प्रमुख अतिथ्यामा शेर्पाद्वारा लिखित फर्किएका पाइला विमोचन गरिएको हो ।
पुस्तकका लेखक तथा गायक शेर्पा कलाकार मात्र नभएर समाज सेवामा पनि उत्तिकै सक्रिय व्यक्ति हुन् । शेर्पाले यस पुस्तकमा आफ्नो आमाले आफ्नो लालन—पालनका लागि र आफ्नो घरबाट गर्नुपरेको संघर्ष पीडाका क्षणलाई सम्झना गर्दै आफ्नोे जीवन यात्राको क्रममा भएको पीडालाई समवेश गरेको पाइन्छ । लेखक शेर्पाले यो पुस्तक नै आफ्नो अन्तिम तथा पहिलो पुस्तक प्रकाशन रहेकोे बताउनुभयो ।
शेर्पाले भन्नुभयो आजभोलि धेरै युवाहरुले आफ्नो असफल र पीडालाई सहन नसक्दा आत्महत्या गर्न समेत पछि परेका छैन्, त्यसैले पुस्तकमा मैले मेरो जीवनको दौडानमा बोकेको पीडा र संघर्ष उल्लेख गरेको छु । यसले पनि केही हदसम्म युवालाई हौसल प्रदान गर्ने विश्व लिएको छु । शेर्पाले आफ्नो जिन्दगीमा ठूलो संघर्ष गर्दै, विभिन्न संघर्षलाई भोग्दै यो स्थानमा पुग्न सफल भएको बताउदै सम्पूर्ण सहयोग गर्नेहरुमा खुशी व्यक्त गर्नुभयो ।
शेर्पाले आफुलाई जन्मदिने आमामार्फत सम्पुर्ण आमाहरुको लागि यो पुस्त लेखिएको बताउनुभयो । त्यसैगरी शेर्पाले सो पुस्तक आफूले पैसाको लागि भन्दापनि समुदायको निम्ति र भावी सन्ततीहरुलाई जीवन र संघर्षका बारेमा जान्ने मौका रहने विश्वाकिा साथ प्रकाशन गरेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री डा.बाबुराम भाट्राईले सो पुस्तक अरु पुस्तकभन्दा फरक रहेको र लेखकले गरेको सो काम अत्यन्त सरह्रानीय भएको तर्क समेत गर्नुभयो ।
कार्यक्रम विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेत उपस्तिथि थिए । ओखलढुंगा कला—साहित्य समाजका अध्यक्ष राजभाईको सभा अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
सोही कार्यक्रमको अवसारमा पसी शेर्पा ट्रष्टको औपचारिक घोषणा समेत गरिएको थियो । पसी शेर्पा लेखक गोम्बु शेर्पाका आमा हुनुहुन्छ । शेर्पाका अनुसार ट्रष्टले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासको निमित्त कार्य गर्नेछ ।


प्रतिक्रिया