काठमाडौँ – बेलायतमा आएको तीन दशक यताकै ‘यूनिस’ नामको शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित बनेको छ । आँधीका कारण तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
१ सय २५ माइल प्रतिघण्टाको वेगमा आएको आँधीका कारण लन्डनका साथै पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्डका कयौँ क्षेत्र नराम्रोसँग प्रभावित भएका छन् ।
आँधीका कारण सयौँको सङ्ख्यामा उडानहरू तथा रेल सेवाहरू रद्द भएका छन् । पूर्वी लण्डनमा रहेको विश्वप्रशिद्ध ओटु एरीना भवनको छाना हावाले क्षतविक्षत बनाएको छ ।
आँधीकै कारण बेलायतका करिब दुई लाख घरहरूमा विद्युत् सेवा अवरुद्ध भएको छ । सरकारले अति आवश्यक परेको खण्डमा बाहेक घरबाहिर ननिस्किन र अनावश्यक यात्राहरूलाई कटौती गर्न सर्वसाधारणलाई अपिल समेत गरेको छ ।


प्रतिक्रिया