देश

‘साझा पार्टी’ नामको नयाँ दल आयोगमा दर्ता, चुनाव चिह्न ‘पैताला’


काठमाडौँ – ‘साझा पार्टी’ नामको नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ । चुनाव चिह्न ‘पैताला’ राखेर नयाँ दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

पार्टीका अध्यक्ष भने प्रभास बस्नेत रहेका छन् । दर्ता भएको साझा पार्टीका अध्यक्ष बस्नेत विवेकशील साझा पार्टीबाट हालै कारबाहीमा परेका संयोजक मिलन पाण्डे समूह निकटले बनाएको वैकल्पिक युवा अभियानको केन्द्रीय सदस्य हुन् ।

आयोगमा दल दर्ता आज गराए पनि प्रमाणपत्र भने आइतबार दिने जनाएको छ । त्यसका लागि आयोगले आइतबार नै पार्टीका पदाधिकारीलाई कार्यालयमा बोलाएको ।

कुनै बेला रवीन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टी नाकम दल आयोगमा दर्ता थियो । तर तत्कालिन साझा पार्टी विवेकशील नेपाली दलसँग एकता भएपछि साझा पार्टी नामको राजनीतिक दल आयोगमा दर्ता थिएन ।