राजनीति

वैशाखदेखि भैरहवा विमानस्थलबाट व्यवसायिक उडान हुने


काठमाडौँ – गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ वर्षदेखि व्यावसायिक उडान भर्ने पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताएका छन् । हालै निर्माण सम्पन्न भएको भैरहवा विमानस्थलबाट वैशाखदेखि व्यावसायिकरूपमै अन्तर्राष्ट्रिय उडान भर्ने उनले बताए ।

हालै निर्माण सम्पन्न भैरहवा विमानस्थलको निरीक्षण गर्न भैरहवा पुगेका मन्त्री आलेले पत्रकारसँगको कुराकानीमा वैशाखदेखि व्यावसायिक रूपमै अन्तर्राष्ट्रिय उडान भर्ने उनले बताएको हो । उनले भने , ‘हामी यस विमानस्थलबाट चाँडै अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीमा छौँ । सम्भवतः त्यो वैशाख १ गतेदेखि सुरु हुन्छ ।’

यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान भर्न भारतसँग सिधा हवाई मार्ग पहुँचको पहल भइरहेको समेत उनले जानकारी दिए ।