राजनीति

राजेन्द्र लिङदेनले राजनीतिक भविष्य समाप्त पार्ने प्रयास गरेको कमल थापाको आरोप


काठमाडौँ – राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्य नै समाप्त पार्ने प्रयास गरेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष थापाले हामीले आर्दश मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न पार्टी नेतृत्वसँग गरिएको आग्रहलाई बेवास्ता गरेर त्यसलाई रद्धीको टोकरीमा फाल्ने काम भएपछि नयाँ अभियानको सुरुवात गर्नु परेको बताउनु भयो ।

शनिबार काठमाडौंका आयोजित पार्टीको औपचारिक घोषणासभामा बोल्दै उहाँले लिङदेनले एकपक्षीय ढंगबाट पार्टी संचालन गर्ने, आफूहरुलाई पाका लगाउने र धकेलेर पर पु¥याउने परिस्थिति भएपछि निरीह, लाचार र अपमानित भएर बस्नुभन्दा राप्रपा नेपाललाई नै पुनर्जागृत गरेर जाने निर्णयमा पुग्नु परेको बताउनु भयो ।

त्यस अवसरमा अध्यक्ष थापाले राप्रपा नेपाललाई नेतृत्व दिँदै आएका तत्कालिन अध्यक्ष लाक्पा तामाङप्रति आभार व्यक्त गर्दै अव आफूले कहिल्यै धोका नदिने पनि बताउनु भयो ।