राजनीति

एमसीसी संसद्मा टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय


काठमाडौँ – सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसी संसद्मा टेवल गर्न दिने संकेत गरेको छ । आज काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो ।

तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्टीको अडान भने यथावत रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनु भयो ।

नेकपा (एकीकृत समाजवादी)ले सो सम्झौताबारे अध्ययन गर्न झलनाथ खनाल नेतृत्वको कार्यदल नै गठन गरेको थियो । कार्यदलले पनि बैठकमा यथास्थितिमा एमसीसी पारित गर्न नमिल्ने सुझाव दिएको प्रवक्ता खतिवडाले बताउनु भयो ।