राजनीति

मैले गल्ती गरे, म माफ माग्न चाहन्छु: कमल थापा


काठमाडौँ – राप्रपा छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष कमल थापाले आफूले विगतमा गल्ती गरेको भन्दै माफी मागेका छन् । शनिबार राप्रपा नेपालको घोषणा गर्दै उनले पाँच वर्षयता आफूहरुले बाटो विराएको र धेरै गल्ती गरेको बताए ।

पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गर्नु र पटक पटक सरकारमा जानु गल्ती भएको उनको भनाइ छ ।

पाँच वर्षको अलमलमा हामीले राप्रपा नेपालको नाम गुमायौं, लोकप्रिय चुनाव चिह्न गाई गुमायौं’ उनले भने ‘आज राप्रपा नेपालको अभियान प्रारम्भ गर्दा म माफी माग्न चाहन्छु, विगतमा गरेको गलत सम्झौताको परिणाम भोगिसक्यौं ।’