राजनीति

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ — अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने सो नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरुमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन् ।

सो पार्टीका महासचिव डा।वेदुराम भुसालले स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधि लगायतका विषयमा बैठकमा छलफल हुने बताए ।