राजनीति

ओली-देउवाको सरकार बन्दै, एमसीसी पास गर्न प्रचण्ड-माधव नचाहिने (भिडियोसहित)

गगनको आक्रोश, गठबन्धनको भविष्य छैन


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासहित बालकोट पुगेपछि अबको सत्ता गठवन्धन फेबदल हुने सम्भावना बढेको छ । र त्यसको निर्णायक कारक एमसीसी बन्ने देखिएको छ । गठबन्धन भीत्रबाटै सहमति नभए ओलीको साथ लिएर भएपनि एमसीसी पास गर्ने बाटोमा देउवा लागि परेका छन् ।

सत्ता गठबन्धन एमसीसी मुद्धामा महिनौदेखि रुमल्लिएको छ । एमसीसीमा सहमति खोज्नकै लागि दैनीक बैठक बसेपनि बैठकमा कुनै निष्कर्ष नै निस्कन सकेको छैन । बरुसत्ता घटक नेताहरु भित्रभित्रैएक अर्कामा चिडिन थालेका छन् ।दिनहुँ बस्ने बैठकले अर्काे बैठक बस्ने निर्णय गर्ने बाहेक अरु कुनै फलदायी निर्णय गर्नसकेको छैन ।

गठबन्धनको बैठक बस्नुअघि आजभोलि प्रचण्ड, माधव र उपेन्द्र यादव निकट नेताहरुको छुट्टै छलफल हुने गरेको छ । त्यसपछि मात्रैदेउवासँग छलफल गर्न पुग्ने नेताहरुको रणनीतिक चरित्रबाट प्रष्ट हुन्छ कि अब गठबन्धन फुटे प्रचण्ड—माधव एकातिर र देउवा अर्को तिर बन्ने छन् । त्यसपछि आफै फुटको संघारमा रहेको जसपाको कित्ता कता हुन्छ ? त्यो अनिश्चित नै छ ।। तर विगतमाव्यंग्यामक रुपमा ओली र देउवा दुवैले एमसीसीमा दोधारे नीति लिएकोमा आपत्ति जनाएका काँग्रेस महामन्त्री गगन थापाले शुक्रवार भने माओवादीले काँग्रेससँग छल गरेको आरोप लगाए । यसको मतलब गठबन्धनको भविष्य नरहेको उनको घुमाउरो संकेत हो ।

प्रधानमन्त्री देउवा र पत्नी आरजु राणा बिहिवार राती अकस्मातबालकोट पुगेपछि सत्ता फेरबदलको आशंकालाई बल पुगेको छ । यद्दपी ओलीको साथ खोज्न बालकोट पुगेका देउवा र ओलीबीच अब कस्तो समिकरण बन्ला ?चासो उत्पन्न भएको छ । यद्यपी देउवाले हालको गठवन्धन नत्यागेसम्म यसबारे गृहकार्य नहुने एमालेको रणनीति छ । प्रचण्ड र माधव नेपाललाई छोडेर आए सरकारमा देउवासंग सहकार्यका लागि एमाले तयार देखिएको छ ।

हुनत यतिबेला देउवासँग एमसीसीकै कारण दुरी बढेसँगै प्रचण्ड—माधवले सदन र सडकबाटै पनि दवाब दिदै आएका छन् । त्यसोत गठबन्धन जोगाउन लागि परेको तर आफू घेराबन्दीमा परेकाले सरकार छोड्न बाध्य पार्न खोजिएको प्रचण्डले बताएपनि उनी देउवा ओलीको मिलन भने रोक्न चाहान्छन् । यद्दपी देउवाआफै ओली फकाउन पुगेपछि अब गठबन्धन फुटे कोसँग गठबन्धन गर्ने भन्ने निर्णायक शक्ति नेकपा एमाले हुने निश्चीत छ ।

सत्ताबाट च्युत हुँर्दै गर्दा ओलीले देउवा सरकारलाई परमादेशको आशिर्वाद भनेर व्यंग्उय कसेका थिए । यदी देउवा सरकारलाई समर्थन गरे ओली सामू परमादेश सरकारलाई समर्थन गर्ने नैतिकताबारे प्रश्न जरुर तेर्सिनेछ । अनि काँग्रेसले संविधान मास्न उद्दत भएको आरोप लगाउँदै आएका ओलीसँग कसरी काँधमा काँध मिलाएर हिड्लान ?तथापी नैतिकतालाई लत्याएर राजनीतिमा लागेकाहरुलाई यस्ता नैतिक प्रश्नको के नै चिन्ता होला र ?