राजनीति

एमसीसीबारे अमेरिकाले भन्यो : हिंसा भड्काउने विचार स्वीकार्य हुँदैन


काठमाडौँ — अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे हिंसा वा हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ ।

नेपालस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीले ट्वीट गर्दै शान्तिपूर्ण बहस गर्न छुट भए पनि हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएका हुन् ।

‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं । एमसिसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो ।ु राजदूत बेरीले ट्वीटरमा लेखेका छन्, ‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहीत विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।’

अहिले एमसिसीको विपक्षमा दिनहुँ प्रदर्शन भइरहेको छ । एमसिसी संसदमा टेबल गर्ने विषयमा सत्ता गठबन्धन नै विभाजित देखिएको छ ।