राजनीति

फागुन ८ गतेसम्मका लागि संसद् स्थगित


काठमाडौँ – प्रतिनिधि सभाको बैठक फागुन ८ गते आईतबारसम्मका लागि स्थगित गरिएको छ । सभामुख अग्नि सापकोटाले संसद् बैठक ८ गते बस्ने गरेर स्थगित गरेका हुन् ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध जारी नै राखेको थियो । एमालेको अवरोधकै बीच प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।