राजनीति

संसद् सुरु हुनासाथ एमालेको नाराबाजी


काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले नारावाजी गर्दै अवरोध सिर्जना गरेको छ ।

उनीहरूले ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘पक्षपात पूर्ण व्यवहार मूर्दावाद’ जस्ता नारा लगाइरहेका छन् ।

एमालेले कारबाही गरिएका १४ सांसद्को सूचना टाँस नगरिएको भन्दै लामो समयदेखि संसद् अवरोध गर्दै आइरहेको छ ।