राजनीति

कार्यव्यवस्था परामर्स समितिको बैठक सुरू


काठमाडौँ – प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्स समितिको बैठक सुरू भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवनस्थित शंकर हलमा बैठक सुरू भएको हो ।

बैठकमा नेकपा एमाले भने अनुपस्थित रहेको छ । यसअघि आजै बसेको सत्तारूढ दलको बैठकले एमसिसी संसदमा टेबल नगर्ने निर्णय गरेको थियो।