राजनीति

प्रधानमन्त्री देउवा आन्तरिक परामर्शमा


काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पार्टीका केही मन्त्री र कांग्रेसकै नेताहरुसँग आन्तरिक परामर्श थालेका छन् ।

सत्ता गठबन्धनका नेताहरुसँग एमसीसीबारे गरेको छलफलमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले त्यसलगत्तै गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन मन्त्री दिलेन्द्र बडु र कांग्रेसकी सचेतक पुष्पा भुसाललगायतलाई बालुवाटार बोलाएर परामर्श थालेका हुन् ।