राजनीति

एमालेले आज पनि संसद्मा अवरोध जारी राख्ने


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा आज पनि अवरोधा जारी राख्ने भएको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङले एमालेको माग अझै पुरा नभएको भन्दै अवरोध जारी राख्ने जानकारी दिएका हुन् ।

एमाले एमसीसीको विषयमा भने सत्तारुढ दलहरुबीच नै कुरा नमिलेको उनको बुझाइ छ । त्यसमा गठबन्धन नै स्प्रष्ट हुने पर्ने र त्यसपछि मात्रै एमालेले आफ्नो धारणा स्प्रष्ट पार्ने उनले बताए । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बसेको गठबन्धनको बैठक फागुन ८ मा फेरि बस्ने गरि सकिसकेको छ ।