राजनीति

बालुवाटारमा गठबन्धनको बैठक सुरु


काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बालुवाटारमा बैठक सुरु भएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी), संसद्को अवरोधलगायत विषयमा निर्णायक छलफल गरेर निकास निकाल्न बैठक बसेको हो ।

यसअघि, बिहीबार बसेको गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि एमसीसीलगायत विषयमा सहमतिमा पुग्न नेताहरू छलफलमा जुटेका हुन् ।