राजनीति

कांग्रेसबाहेक गठबन्धनका शीर्ष नेताहरुबीच छलफल


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष निवास खुमलटारमा नेपाली कांग्रेस बाहेकका सत्ता गठबन्धनका नेताहरुबीच आज बिहान छलफल भएको छ । आज सत्ता गठबन्धनको बैठक बस्नुअघि साझा धारणा बनाउन उनीहरु छलफलमा बसेका हुन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारयणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र अशोक कुमार राई जस्ता शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । बैठकबाट बाहिरिने क्रममा नेताहरुले कुनै प्रतिक्रिया दिएनन् ।