राजनीति

एमसीसी विरुद्धमा ८ दलको देशभर विरोध प्रदर्शन


काठमाडौँ – एमसीसीको विरुद्धमा ८ दलले शुक्रबार पनि देशभर विरोध प्रदर्शन गर्ने भएको छ । बिहीबार नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा ६ कम्युनिष्ट पार्टी र २ मोर्चा बसेको बैठकले देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

८ दलले निकालेको संयुक्त विज्ञप्तिमा शुक्रबार १२ बजे नयाँ बनेश्वारमा संयुक्त विरोध प्रदर्शन गर्ने उल्लेख गरेको छ । फागुन ४ गतेको आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क गर्न र आन्दोलनका क्रममा गिरफ्तारगरि हाल हिरासतमा राखिएका मंगल तामाङलाई बिनाशर्त तुरुन्त रिहा गर्न पनि उनीहरुको माग छ ।

गठबन्धनमा नै एमसीसीबारे कुरा नमिल्दा हाल एमसीसी सम्झौता झन पेचिलो र सशक्त बन्दै गईरहेको छ ।