राजनीति

कार्यव्यवस्था परामर्श समितिको बैठक ११ बजे


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार ११ बजेका लागि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नका लागि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

यसैबीच, संघीय संसद् सचिवालयले हिजो नै प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्नेछन् ।