राजनीति

प्रदेशको नामबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान


काठमाडौँ – प्रदेश १ को नामकरण सम्बन्धमा छलफलका लागि प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठक आह्वान गरेको छ । नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश १ सरकारले बनाएको समितिका तर्फबाट सर्वदलीय बैठकको आह्वान गरिएको हो ।

गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकासमन्त्री जयराम यादवलाई प्रदेश १ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न जिम्मा लगाएको थियो ।

सोही समितिको जिम्मेवारीअनुसार मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा बसेको बैठकले प्रदेशको नाम टुंगो लगाउने प्रक्रिया अघि बढाउन लागेको हो ।