राजनीति

ओली फकाउन आरजुसहित देउवा बालकोटमा, फुट्ने नै भयो गठबन्धन !


काठमाडौँ – भेट, फेरि भेट, अहिले भेट,भरै भेट, अनि भोलि भेट, आजभोलि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दैनिकी बनेको छ । एमसीसी परियोजनालाई टुंगो लगाउन चर्को दवाबमा रहेका देउवा सधै कति अल्झाको एमसीसी अगाडि बढाऔ भन्दै प्रचण्डमाथि दवाब दिन्छन् ।

तर प्रचण्ड भने अनेक बाहानामा नत एमसीसी अगाडि बढाउनै आट गर्छन् नत देउवासँग दुरी बढाउँन नै, बिहिवार बिहानभने प्रधानमन्त्री देउवाको थप पेलानमा परेका प्रचण्डले देउवालाई भने म घेराबन्दीमा परे, अब सरकारबाट बाहिरिने अवस्था सिर्जना भयो ।

स्रोतका अनुसार जवाफमा प्रचण्डलाई प्रधानमन्त्री देउवाले तीन विकल्प दिए, सरकार छाड्ने, संसदमा अनुपस्थित हुने या त एमसीसीको विपक्षमा उभिने ।

साँझ नै फेरि सहमति खोज्ने प्रयास स्वरुप गठबन्धनको बैठक बस्यो तर एमसीसीमा कुनै सहमति जुट्न भने सकेन र शुक्रवार विहानको लागि पुन: बैठक बोलायो ।