राजनीति

गठबन्धनलाई बचाउने जोड दिइरहेको प्रचण्डको भनाई


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका छन् । हिजो नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेटघाट गर्दै आफूहरुले गठबन्धनलाई बचाउन जोड दिएको बताएका हुन् ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा एमसीसीलाई कसरी निकास दिने भन्ने कुरामा विशेष छलफल भएको पनि जानकारी दिए । एमसीसीबारे सहमति नजुट्दा सत्तारुढ गठबन्धनको भविष्यबारे विभिन्न अड्कलबाजीहरु हुन थालेका छन् ।