राजनीति

एमसीसी टेबल गर्नुअघि संसद्को अवरोध हट्नुपर्ने दाहाल र नेपालको शर्त


काठमाडौँ – सत्ता गठबन्धनमा रहेका दुई ठूला दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा लैजानुपूर्व संसद्को अवरोध हट्नुपर्ने बताएका छन् । हिजो बिहीबार साँझ भएको चार दल सम्मिलित सत्ता गठबन्धनको बैठकमा दुई शीर्ष नेताले संसद्को अवरोध हटाउनुपर्ने शर्त राखेका हुन् ।

दाहाल र नेपालले अहिलेसम्म कुनै पनि ऋण तथा सहयोग स्वरुप दिएको अनुदान सम्झौता संसद्मा नलगेको र एमसीसीको बारेमा पनि थप छलफल आवश्यक रहेको बताएका थिए । उनीहरुले एमसीसी संसद्मा टेबल गर्नुअघि एमालेसँग संवाद गरेर अवरोध हटाउने वातावरण बनाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुलाई आग्रह गरेका छन् ।

यही विषय र एमसीसीका बारेमा पनि निर्णय गर्न गठबन्धनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक पनि आज नै बस्ने भएकोले आज बस्ने गठबन्धनको बैठक निर्णायक हुने आकलन गरिएको छ । प्रतिनिधि सभाको बैठक पनि आज नै बस्ने भएकोले आज बस्ने गठबन्धनको बैठक निर्णायक हुने आकलन गरिएको छ ।