राजनीति

ओली देउवा मिलन कति सम्भव ? झलनाथ भन्छन् गठबन्धन टुट्दैन (भिडियोसहित)


काठमाडौँ – आजभोलि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेट दैनिकी जस्तै बनेको छ । तर प्रचण्डले एमसीसीलाई पास गर्न अल्झाएपछि देउवा पेलेरै अघि बढेका छन् ।

फेल वा पास जे भएपनि सरकारको तर्फबाट एमसीसी अब शुक्रवार सदनमा जाँदैछ । संसद्को विषय बनेपछि यो पास वा फेल के होला त्यो भोलिको दिनले देखाउँला । एमसीसीमा दोहोरो चरित्र देखाएका प्रचण्ड आजभोलि आफ्नै बोलि र व्यवहारका कारण अफ्ठ्यारोमा परेका छन् । उनी आजभोलि आफू विदेशीको तारो र स्वदेशी राजनीतिको घेराबन्दीमा परेको गुनासो गर्दै आएका छन् । हुनत एमसीसीमा दोहोरो भूमिकाकै कारण देउवा र प्रचण्डबीच दुरी बढ्दै गएको छ ।

त्यसो त गएको १७ वर्षदेखि नेपालकको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको छ । उनकै समर्थनमा हिजो ओली प्रधानमन्त्री बने आज देउवा प्रधानमन्त्री छन् । सत्ताको चाबी आफूसँग भएको महसुस गर्ने प्रचण्ड आफ्नो अनुकुल फेरबदल हुन पछि पर्दैनन् । तर पछिल्लो समय ओली र प्रचण्डका निकट नेताहरु काँग्रेससँगको गठबन्धन तोडि फेरि जुट्ने वार्ता चलेको स्वीको पाएपछि काँग्रेसका महामन्त्री गगन थापा प्रचण्डमाथि खनिएनन् मात्रै उनीमाथि गम्भीर प्रश्न नै तेर्साए ।

हुन त ओली र प्रचण्डबीच हिजो सहकार्य भएकै हो । भोलि नहोला भन्न पनि सकिन्न, नेपालको राजनीति नीति, सिद्धान्त र विकाश निर्माण भन्दा नेता र दलको स्वार्थमा मोडिने गर्छ । यो नेताहरुको आचरण नै बनेको छ । के एमसीसी मुद्धाकै कारण फेरि ओली प्रचण्डकै सरकार बन्छ त ? के ओली प्रचण्ड आफूबाहेक दोस्रो तहका नेतालाई प्रधानमन्त्री बनाउँन छलफल गरेकै हुन् त के कम्युनिष्ट एक हुनै लागेका हुन् ।

सडक र सदन दुवैमा एमसीसीको विरोध गर्दै आएको गठबन्धन घटक दल माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीलाई आजभोलि नागरिक समाजदेखि काँग्रेस साँसद र पूर्वप्र्रधानमन्त्री बाबुराम भट्टराई सम्मले प्रश्न गर्दै आएका छन् । एजेण्डामा सहमत नभए, गठबन्धन र सरकारमा रहनुको औचित्य पुष्टि गर्न यी दललाई हम्मे हम्मे परेको छ । के सरकारले एमसीसी सदनमा प्रस्तुत गरेकै दिन माओवादीले भने जस्तै गठबन्धन फुट्छ त ? नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ भने यो कुरा स्वीकार्न तयार छैनन् ।

दैनिक गठबन्धनका शिर्ष नेतासँग घनिभुत छलफलमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवारको सदनमा जसरी पनि एमसीसी अगाडि बढाउने रणनीति अघि सारेका छन् । एमसीसी पास भए पनि नभए पनि गठबन्धनको भविष्य भने संकटमा पुगेको छ ।