राजनीति

गठबन्धनमा एमसीसीबारे सहमति नजुटेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट गएका हुन् ।

एमसिसी संसदमा टेबल गर्ने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँग कुरा मिल्न नसकेपछि कांग्रेस सभापतिसमेत रहेका देउवा बैठकबाट उठेर सिधै ओलीसँग कुरा गर्न पुगेका हुन् ।

सत्ता गठबन्धनको बैठकमा दलहरुले आ–आफ्नै अडान व्यक्त गरेका छन् । गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न गएका हुन् । अहिले देउवा र ओलीबीच बालकोटमा कुराकानी भइरहेको छ। सत्तारूढ दल बीचको छलफलमा एमसीसीमा अझै सहमति जुट्न नसके पछि देउवाको बालकोटमा ओलीसंगको आकस्मिक भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।