राजनीति

स्थानीय तहको निर्वाचनका लागि आयोगको तयारी तीब्र


काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलहरुलाई दल दर्ताका लागि सुचना जारी गरेको छ ।
निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्न सुचना जारी गरेको हो । यो अवधीमा सार्वजनिक विदाका दिन पनि दल दर्ताका लागि आयोगको कार्यालय खुल्ला रहने भएको छ

आयोगका प्रवक्ता पौडेलले पछिल्लो समय आयोगमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टीको दल दर्ता भएको र आयोगमा हालसम्म दर्ता भएको दलको संख्या १०६ पुगेको जानकारी दिनुभयो ।

आयोगले जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ती गर्न तथा अन्य सेवाका राजपत्रांकित अधिकृतहरुलाई निर्वाचन अधिकृतमा नियुक्ती गर्न फागुन १५ गतेसम्म आयोगमा नामावली उपलब्ध गराउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरेको छ ।