राजनीति

मन्त्रिपरिषद् बैठक : के भयो निर्णय ?


काठमाडौँ – नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप भएको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन वटा विशिष्ट श्रेणीको दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले एआइजी दरबन्दी थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नुभएको थियो । त्यस्तै बैठकले अमेरिकाबाट प्राप्त हुने दुई अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

साथै सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।